२०८३ असार १८ , बिहिवार

उपत्यकामा साउन १ देखि आठवटा ‘ब्लु बस’ सञ्चालन हुने

960-BLUE_BUSS

 

सुनाखरी न्युज /  काठमाडौं ।

आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ ।सरकारको हालै सार्वजनिक भएको १०० बुँदे विशेष कार्यसूचीअन्तर्गत देशका सातै प्रदेशमा महिलाका लागि निःशुल्क सार्वजनिक यातायात सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

सोही योजनाको पहिलो चरणका रूपमा उपत्यकाबाट यो सेवा सुरु गर्न लागिएको हो। मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार बस सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा आवश्यक राय–सहमतिका लागि प्रस्ताव पठाइसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सुरु गरिनेछ।

बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ । सरकारले यो सेवा महिलामैत्री र सुरक्षित सार्वजनिक यातायातको अभ्यासका रूपमा सुरु गर्न लागेको जनाएको छ। सफल कार्यान्वयन भए देशका सातै प्रदेशमा समेत यस्तो सेवा विस्तार गर्ने योजना रहेको छ।