२०८३ असार १७ , बुधवार

यूनाइटेड अजोड इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड

960-960_960_960_960_united_ajod_(1)

सुनाखरी न्युज /  काठमाडौं ।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लिलामीमार्फत बिक्रीमा राखेको अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राखेको कुल ७० हजार ४८० कित्ता सेयर असार १६ गते बाँडफाँड गरिएको हो। यसमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता सेयर रहेको थियो।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार असार ११ गते गोप्य शिलबन्दी खोलिएको थियो। त्यसपछि आवश्यक रुजु गरी प्रचलित कानून तथा धितोपत्रसम्बन्धी नियम तथा निर्देशिकाअनुसार सेयर बाँडफाँड गरिएको हो।

क्यापिटलका अनुसार लिलामीको कटअफ मूल्य प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ। उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको जनाएको छ।