२०८३ असार १७ , बुधवार

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत

Share Building

सुनाखरी न्युज /  काठमाडौं ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज  ( नेप्से )  मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कालंगा हाइड्रोको १ करोड ४० लाख कित्ता र सानिगाड हाइड्रोको २ करोड ८५ लाख कित्ता आईपीओ सूचीकृत भएको हो। सानिगाड हाइड्रोको कुल २ करोड ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सिम्बोल (SGHL)  रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि सानिगाड हाइड्रोलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार १८ गते बिहीबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।पहिलो कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ।