
सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार घटेर ४ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।