
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम आज हुँदै छ ।
सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीले शपथ लिइसकेका छन् ।
अब ९९ जना केन्द्रीय सदस्यले पार्टी सभापति लामिछानेबाट पद तथा गोपनियताको शपथ लिनेछन् । शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ । बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने केन्द्रीय सदस्यको प्रस्ताव गर्न सक्नेछन् ।