
सुनाखरी न्युज / काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार २८५ रुपैयाँमा किनबेच भइरहेको हो ।