
सुनाखरी न्युज / काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) सोमबार सामान्य अंकले घटेको छ । गत साताका पाँचै दिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार १६ . ५४ अंक घटेरै बन्द भयो । यो कमीसँगै नेप्से २६३२ अंकमा कायम भएको छ । गत साता सोमबार १. ४६, मंगलबार २६. १७, बुधबार १४. ४६, बिहीबार ८. ५० र शुक्रबार २. ०० अंक घटेको थियो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ६७ करोडको भयो। २९ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने ६ को स्थिर रह्यो ।सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा १. ३९, उत्पादन तथा प्रशोधन १ . १४, होटल तथा पर्यटन १. १४ तथा फाइनान्स १. १३ प्रतिशत घटे ।
बैंकिङ ०. ०९, विकास बैंक ०. ७९, जलविद्युत् ०. ७२, जीवन बीमा ०. ६९, माइक्रोफाइनान्स ०. ५९, अन्य ०. ५१ तथा व्यापार ०. ३२ प्रतिशत घटे । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत बढेका कम्पनीमा स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त छन् । मूल्य १५ प्रतिशत बढ्नेमध्ये ३ कम्पनी हालै सूचीकृत भएका हुन् ।