२०८३ असार १५ , सोमवार

‘गोप्य च्याट’बाहिरिएपछि विवादमा गायक सुजन चापागाईं ,’फेक सामग्री’ फैलाउने विरुद्ध कानुनी कदम चाल्ने

OIP

सुनाखरी न्युज /  काठमाडौं ।

गायक सुजन चापागाईं यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएका निजी च्याटका स्क्रिनसट र भिडियोका कारण विवादमा परेका छन्। पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता सामाजिक सञ्जालमा चापागाईंका गोप्य च्याट भन्दै विभिन्न स्क्रिनसट र भिडियोहरू सार्वजनिक भएका छन् । जसमा दोहोरो अर्थ लाग्ने र अश्लील शब्दहरूको प्रयोग गरिएको छ । ती सामग्री सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भइरहेको छ । र उनको छविमाथि गम्भीर प्रश्न उठिरहेको छ ।

विवाद बढेपछि हाल अष्ट्रेलिया सांगीतिक भ्रमणमा रहेका सुजनले सार्वजनिक वक्तव्य नै जारी गर्दै केही सन्देश आफूले विगतमा निकट व्यक्तिहरूसँग आदानप्रदान गरेको स्वीकार गरे। साथै, सामाजिक सञ्जालमा फैलिएका सबै सामग्री आफ्नो नभएको दाबी गर्दै आफ्ना अकाउन्ट विभिन्न समयमा सामाजिक सञ्जाल व्यवस्थापकले सञ्चालन गरेको र दुरुपयोग भएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्।विवाद बढेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै चापागाईंले केही च्याट आफ्नै भएको स्विकारेका छन् ।

तीनपाते’, ‘गाला पुक्क’, ‘लजाएर’, ‘फुलथुङ्गे रानी’, ‘बाफ’ जस्ता एकपछि अर्को सुपरहिट गीतमार्फत उनले लाखौं श्रोताको मन जितेका थिए। लोक र आधुनिक संगीतको सुन्दर मिश्रणले सुजनलाई छोटो समयमै नेपाली संगीत उद्योगको शीर्ष स्थानमा पुर्‍यायो।