२०८३ असार १५ , सोमवार

केतन हत्या प्रकरणमा अभियुक्त सिया गोयलको सनसनीपूर्ण बयान

OIF

सुनाखरी न्युज /  काठमाडौं ।

भारतको पुणेमा चर्चित बनेको केतन अग्रवाल हत्या प्रकरणमा पक्राउ परेकी सिया गोयलले सोधपुछका क्रममा परिवारलाई विवाह रद्द गर्ने कुरा भन्नुभन्दा मंगेतरको हत्या गर्नु आफूलाई सजिलो लागेको बताएकी छन्। भारत पुणेको लोहागढ किल्लाबाट ४०० फिट गहिरो खाडलमा आफ्ना हुनेवाला पति केतन अग्रवाललाई धकेलेको आरोपमा उनकी हुनेवाला दुलही सिया गोयलले आफ्नो अपराध स्वीकार गरेकी छिन् ।

सियाका प्रेमी चेतन चौधरीले पनि हत्याकाण्डमा आफू संलग्न रहेको स्वीकार गरेका छन् । योजनाबद्ध हत्या भएको आशंका गर्दै सिया गोयल र उनका निकट मित्र चेतन चौधरीमाथि आरोप लगाएको छ। सिया गोयलले परिवारको भावना आहत नहोस् भन्ने सोचले विवाह रद्द नगरी हत्या रोजेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ। मगनीपछि सिया र केतन सँगै घुम्न जान्थे ।

यसै क्रममा उनीहरू पुणेको लोहागढ किल्लामा घुम्न गएका थिए, जहाँ सियाले केतनलाई ४०० फिट माथिबाट खाडलमा धकेलेकी थिइन् । सुरुमा यो घटना दुर्घटना जस्तो देखिएको थियो, तर पछि प्रहरी अनुसन्धानमा यो हत्या भएको खुलेको हो । सिया र उनका प्रेमी चेतनले प्रहरी सोधपुछमा सिया र केतनको विवाह भएको भए चेतन र सियाको सम्बन्ध अगाडि बढ्न नसक्ने बताएका छन् ।