
सुनाखरी न्युज / काठमाडौं ।
पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई जरुरी पक्राउ पूर्जी दिएर असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
यसअघि पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।सम्पत्ति शुद्धीकरण विभागले यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि असार ९ मा पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो ।
यता पौडेलकी श्रीमती दोमाया पौडेलले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा दायर रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदैछ ।