२०८३ असार १५ , सोमवार

सुनचाँदीको मूल्य घट्यो

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज /  काठमाडौं ।

नेपाली बजारमा सोमबार  ( असार १५ )  सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा झरेको छ । आइतबार ( असार १४ )  छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।