२०८३ असार १४ , आइतवार

हिमालयन पावर पार्टनरको अवितरित शेयर बाँडफाँट

Untitled-design-1782621949

सुनाखरी न्युज /  काठमाडौं ।

हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ।कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी बसेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीले प्रतिकित्ता ३४५ रुपैयाँ १० पैसा कट–अफ मूल्य निर्धारण गर्दै सो वा सोभन्दा बढी मूल्यमा आवेदन दिने लगानीकर्तालाई माग र सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँट गरेको जनाएको छ। बाँडफाँटमा नपरेको रकम आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत फिर्ता पठाइनेछ।