२०८३ असार १२ , शुक्रवार

घट्यो सेयर बजार, सूचक २६४९ बिन्दुमा खुम्चियो

nepse

सुनाखरी न्युज /  काठमाडौं ।
शुक्रबार पनि नेप्से परिसूचक घटेको छ। यसदिन नेप्से २ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ ।  हिजो २ अर्ब ८३ करोडको कारोबार भएकामा आज ३ अर्ब ९४ करोडको कारोबार भयो । कारोबारमा आएका ८५ कम्पनीको मूल्य बढेको छ भने १७० कम्पनीको मूल्य घटेको छ । यस्तै आज २० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसदिन स्नो रिभर्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४३ रूपैयाँ ५० पैसा पुगेको छ। यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य १४. ९८ प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरुको प्रतिकित्ता मूल्य ६०३ रूपैयाँ २० पैसा पुगेको छ। सर्वाधिक मूल्य घट्नेमा कालिका लघुवित्त रहेको छ।

उक्त कम्पनीको मूल्य १०. ७६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८२१ रूपैयाँमा झरेको छ यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९. ४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१४ रूपैयाँमा सीमित भएको छ। शुक्रबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/ ८७को सर्वाधिक कारोबार भएको छ।