२०८३ असार १२ , शुक्रवार

सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ काराेबार ?

gold

सुनाखरी न्युज / काठमाडौं ।
शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै २ लाख ७९ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० र चाँदी चार हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।