२०८३ असार ९ , मंगलबार

नेपालको लिच्छविकालिन शासन र वर्तमान सरकारको कृत्रिम बौद्धिक सुशासन

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल –

नेपालमा किरात शासनको अन्त पछि ईसवि सन ४५० देखि १२ ओ शताब्दीको अन्त सम्म लिच्छविकालिन शासन रहेको पाईन्छ । लिच्छविकालिन शासनको अन्त पछि मल्लकालिन शासन ब्यवस्था रहेको थियो भने मल्ल राजाहरुको अन्त सन १७४३ ताका गोरखाका राजा पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार संगै काठमाडौका  मल्लवंशका राजाहरुको अन्त भएको थियो ।
नेपालमा शासन ब्यवस्थाको उदय र अन्तका अनगिन्ती कथा र कहानीहरु छन् । नेपालको शासन ब्यवस्थाको  कडिहरु संङ्ग जोडीदै जांदा २०८२ सालको भदौ २३ र २४ गतेको युवा पंक्तिका जेन जी पुस्ताको बिद्रोह उत्कर्षमा पुगी तत्कालीन संसद र साशकहरुलाई विस्थापित गर्न  लोकतान्त्रिक संवैधानिक  ब्यवस्थालाई टेकेर २०८२ साल फाल्गुन २१ गतेका दिन भएको संसदीय चुनावबाट जेन जी पुस्तालाई प्रतिनिधित्व गर्ने नव उदयमान राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले नेपाली जनता माझ आधिवेरील्याई जनताको मतबाट अत्यधिक बहुमतसाथ नेपालको  शासन  सत्तामा पुगेको छ । यस दलका उदयमान नेताहरू युवा, जांगरिला र मुलुकमा सामाजिकआर्थिक परिवर्तनका लागि केही गरौ भने हुटहुटी बोकेकाको ठुलो जमात रहेको देखिन्छ ।
नेपालको लिच्छविकालिन समयलाई ” स्वर्ण युग” को उपमा दिएको ईतिहासमा दर्ज भएको पाईन्छ । यो समयमा भाषाको विकास, कला र वास्तुकलाको विकासका साथै लिच्छविकालीन राजाहरूले  ब्यवस्थाित शासन ब्यवस्था अंगालेका थिए । धर्ममा हिन्दुको बाहुल्यता रहेता पनि बौद्ध धर्मलाई पनि संरक्षण गर्ने गरेका थिए । लिच्छविकालमा शासन ब्यवस्थामा शिव र बिष्णु लाई अग्रस्थानमा राखेर करुणा, स्वतन्त्रता र स्वाधीनता लाई आफ्नो शासन र प्रशासनमा सबैमा न्याय होस भन्ने वातावरण बनाउन राज्यका सबै अंगले न्यायपुर्ण तरिकाबाट जनसेवा प्रदान गर्न उत्प्रेरित गर्दथे । भगवान् विष्णुलाई आराध्यदेवको रुपमा मान्ने भएकै कारणबाट सन् ४६४ ताका भक्तपुरको चान्गुनाराण मंदिरको स्थापना  राजा मानदेवले गराएका थिए । चांगुनारायणको मंदिर उतकृष्टकलाको स्वरूपको प्रतिनिधित्व गर्दछ । लिच्छविकालको शासनमा लोकतान्त्रिक अवयबहरु रहेको कारणलेनै होला झन्डै नेपालमा सात सय बर्ष सम्म लिच्छवि राजाहरूको शासन प्रशासन रहेको पाईन्छ ।  लिच्छविकाल पछि मल्लकालीन शासन करी चार सय बर्ष रह्यो भने शाह बंशीय राजाहरुले २४० बर्षमात्र शासन गर्न सके । शाहीकालमै राणाहरुले सत्ता आफ्नो हातमा लिदा पनि जम्मा जम्मी १०४ सत्तामा रहेका थिए । शाही राजाकै प्रत्यक्ष नियन्त्रणमा रहेको पंचायती ब्यवस्था पनि ३० बर्ष भन्दा माथि उभो लाग्न सकेन । यी राजा वा साशकहरु सत्तामा रहदा जनचाहना अनुसारको शासन श‌ैलि न भएकै कारणले छोटो छोटो समयमा सत्तच्युत हुनु परेको थियोे । अझ बिक्रम संवत् २०४७ को राजनीतिक परिवर्तन पछित शासन प्रशासनमा दलहरू आयाराम गयाराम मै समय विताएर गए । २०४७ साल देखि ३५ बर्ष शासन प्रशासनमा रहेका दल र यीनका भरौटेहरु देशका साधन श्रोतको चरम दोहनमै तल्लीन भएकै कारणबाट २०८२ भाद्र २३ र २४ गतेको युवा पंक्तिका जेन जी विद्रोहबाट तत्कालीन अवस्थाका साशक प्रशासकहरु भागाभाग गरेको दृश्य नेपाली जनताका आँखा अगाडि छर्लङ्गै छ ।
वैदेशिक कुटनैतिक क्षेत्रमा लिच्छविकालका शासकहरु उतकृष्ट रहेको प्रमाण राजा अंशु वर्माकी छोरी भृकुटीलाई तिब्बती राजा सोङ्गापान ग्याल्पो संग बिवाह गराएका थिए । भृकुटीको तिब्बती राजा संग बिवाह पश्चात् लिच्छविकालीन राजाहरुको संबन्ध चीनी राजाहरु संग राम्रो भएको कारणबाट नेपालले तिब्बत र चीन संग व्यापारको तिब्रता बढ्दै गएर लिच्छविकालिन राजाहरुले नेपाललाई समृद्ध बनाएका थिए ।
पछि गएर लिच्छविकालका राजाहरुको आफ्नै पारिवारिक आन्तर कलहबाट मल्ल वंशको सन् १३०० मा उदय भयो ।
नेपालको जेन जी आन्दोलन पश्चात् बनेको शासन ब्यवस्था र यसका संचालकहरु आधुनिक युगको टेक्नोक्रेटिक गभरनेन्स ( Technocratic Governance) को शिद्धान्तमा आधारित रहेको देखिन्छ । यसमा राजितिक दल अथवा जननिर्वाचित प्रतिनिधिहरु सम्बन्धित विषयका विज्ञ, वैज्ञानिक,डाक्टर  र प्राविधिक विशेषज्ञहरूद्वारा संचालित शासन प्रणालीले अधिपत्य जमाउने संभावना  रहेको  देखिन्छ । वर्तमान बहुमत प्राप्त  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा मेडिकल डाक्टर, पिएचडी डाक्टर,  ईन्जिनियर, ब्यवस्थापन विज्ञ, स्वास्थ्य कर्मि, अर्थ विज्ञहरूको लर्को रहेको छ । पार्टीको नारानै ‘ जान्ने लाई छान्ने ‘ भन्ने थियो । यही नाराका कारण पनि नेपालका संसदीय अभ्यासमा रहेका पुराना दलहरु संग संवन्धित विज्ञ र बौद्धिक   व्यक्तिहरु पनि रास्वपाको समर्थनमा मैदानमानै ओर्लेका थिए । विज्ञ र बौद्धिक क्षेत्रका ब्यक्तित्वहरु नेपालका रैथाने दलहरुमा उपेक्षित महशुस गरिरहेका थिए । त्यस प्रकारको उपेक्षाको फाईदा रास्वपालाई हुन गएको पनि हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सुशासन, भ्रष्टाचारमा शुन्य सहनशीलता, द्रुत आर्थिक विकास , देशमा रोजगारीको विस्तार आदिका नारा सहित २०८२ साल फाल्गुन २१ गतेको  संसदीय चुनावीमा होम्मिदै गर्दा जनताले भोटको ओईरो रास्वपाका उम्मेदवारहरुका पक्षमा गयो ।  संघीय संसदको चुनाव पश्चात् बनेको सरकारलाई आफुले अगाडि सारेका  चुनावी नाराहरुलाई पूरा गर्न हुटहुटी लागेको देखिन्छ ।
वर्तमान सरकारले  सरकारका सबै निकायमा आधुनिक  प्रविधिको प्रयोगमा प्राथमिकता दिएको छ । आधुनिक प्रविधिको प्रयोग गर्ने सरकारको प्राथमिकतामा रहेको कारणले नेपाल वैश्विक जगतको नजरमा लगानीको  संभावना बोकेको देशमा दर्ज हुन गएकोछ । विश्वको मानचित्रमा कृत्रिम बौद्धिकता ( Artificial Inteligence) को विकास र विस्तारमा नेपाल पनि संभावना बोकेको देश हो । हाम्रो दुई छिमेकी देश भारत , चीन अमेरिकका संग प्रतिस्पर्धामा ओर्लिएका छन । यो छिमेकीहरुको उत्सामा नेपाल भरपर्दो साझेदार हुन सक्छ ।  Artificial Intelligence ( AI)  का लागि प्रविधि उपयोगी  पुर्वाधारहरुको विकासमा सरकारले जोड दिनुपर्नेछ । यसका लागि अनवरत उर्जाको आपूर्ति आवश्यकता र AI को प्रयोगशालामा पानीको अत्यधिक खपात हुनेहुन्छ । नेपालको जलविद्युत्  विकासको संभावनालाई उपयोग गर्न झन्डै १० देखि १५ बर्ष सम्म लाग्ने हुन्छ । यस अर्थमा लगानीकर्ताले लामो समय सम्म पर्खने धैर्य हुदैन । यस अर्थमा नेपालले जलविद्युत बाहेक अन्य   वैकल्पिक उर्जाको श्रोतको उपयोग गर्ने योजना बनाउन जरुरी छ । नेपालको  दैलेख जिल्लामा हालै प्राकृतिक खनिजको भंडारणको संभावनाका लागि उत्खनन गर्दा दैलेखको दुल्लु क्षेत्रमा   प्राकृतिक ग्यासको अपार भंडार रहेको  पाईएकोछ । दैलेखको  प्राकृतिक ग्यासलाई घरेलु प्रयोग बाहेक उचित मात्रामा प्राकृतिक  ग्यास ‘ग्यास टर्वाईन’ मा प्रयोग गर्न सके चार देखि पाँच बर्षमा बिद्युत उत्पादन गरि AI उद्योगलाई चाहिने अनवरत उर्जा  प्रदान गर्न सकिन्छ । AI प्रयोगशालामा अत्यधिक मात्रामा पानीको प्रयोग हुने भएकोलृ दैलेख नजिक रहेको भेरी नदिको पानीले AI प्रयोगशालामा पानीको आपूर्ति सुनिश्चित गर्न सकिन्छ । अत: वर्तमान सरकारले दैलेखलाई AI को केन्द्र बनाई अगाडि बढाउन सके विश्व बजारका लगानीकर्ताहरुलाई नेपाल भित्र्याउन सक्ने संभावना  रहेकोछ ।
नेपालले अत्यन्त सावधानी अपनाई झिमेकी देशका लगानी कर्ता र प्रविधिहरु भित्र्याउन तत्काल आर्थिक कुटनैतिकको पहल शुरुआत गर्न सक्नुपर्छ ।
आर्थिक विकास र समृद्धिका लागि सरकार हौसिदै गर्दा सुशासनको बारेमा विश्वका अन्य देशहरूमा प्रविधिको प्रयोगबाट टेक्नोक्रयाटिक निरंकुशता लाद्न  आधिनायकवादी सोच भएका नेताहरुले निरंकुशता लादेका उदाहरणहरु पनि छन् । सरकारको तिव्र  विकासका  चाहना पूरा गर्न पुरानम नयाँ  गाडीहरु सडकमा दौडाउदा परिणाम मात्र लक्ष राखेमा विच विचमा रहेको Speed Breaker पनि छ भन्ने ध्यान पुर्याउन सकेन भने ठुलो दुर्घटनामा सरकार पर्न सक्ने संभावना पनि छ ।
बिसौ शताब्दीमा  प्रविधियुक्त निरंकुशता ( Technicratic Autocracy)  बाट अक्रान्त देशहरु     पनि ब्यग्रलै छन् । उच्च प्रविधिको प्रयोग गरि नोकरशाही र विपक्षी राजनीतिज्ञहरुको यी देशका साशकहरले  सातो समेत लिएका छन् ।  अत्याधुनिक प्रयोग गरि शासन सत्ता संचालकहरुले   हरुले कुनै पनि राजनीतिक शिद्धान्त वा वादहरुलाई अंगिकार गर्दैनन् । फगत जनतालाई उच्चतम प्रविधिको प्रयोगबाट मुलुकको आर्थिक विकास र मुलुक समृद्धिका लागि टेक्निकल सुशासनबाट मात्र संभव छ भन्ने संदेश दिई रहेका हुन्छन् । देशमा राजनीतिक तह र तब्काका साथै नोकरशाहीमा रहेको ब्याप्त  भ्रष्टाचार निर्मुल गर्ने र खोजी खोजी अपराधीहरुलाई दंडित गर्ने ( जेलमा पठाउने, आकस्मिक रुपमा कैद गर्ने) काममानै बढी प्रयोग भएको दृष्टान्त हाम्रा अगाडि देखिन थालेका छन् ।
स्पेनका फ्रान्सिसको ले सन् १९३९ देखि १९७५ सम्म स्पेनमा राज्य गर्दै गर्दा आर्थिक चमत्कारीकता विकासलाई अगाडि बढाउन कडाइ  सहितको टेक्निकल निरंकुशता लादेका थिए ।
चिलीका पिनोचेट्सले सन्  १९७३ देखि १९८८  सम्म शासन गर्दा नवउदारवादका विचारहरुलाई टेक्नोक्रयासी अर्थात् बिषय विज्ञ, ईन्जिनियर, डाक्टर , साईन्टिस्ट हरुलाई राज्यको मुलधारमा ल्याई शासन प्रशासन चलाउदा सामान्य शैक्षिक ज्ञाना भएका ब्यक्तिहरु राज्यको निति निर्माण  कार्वनयन बाट अलग्गिनु परेको थियोे । अर्थात् समग्र जनताको सहभागीता र सामावेशितालाई उपेक्षा गर्दै गर्दा मुलुक गृहयुद्ध तिर उन्माद भएको थियोे । तेसरीनै एशियाली देश ईन्डोनेशियामा जनरल सुहार्तो शासन सत्तामा रहदा पनि सुहार्तोले प्रविधिक सर्वोच्चतालाई अगाडि सारी राज्यका सबै अंगहरुमा आफ्नो र आफ्ना कोटरीका ब्यक्तिको कब्जामा राखि शासन  चलाएका थिए । सुहार्तोको यही शासन  शैलीका कारण अप्रत्याशित तबरबाट सत्ताबाट बिमुख हुनु परेको थियो । अमेरिकमा पनि वर्तमानका शासकले प्राविधिक सर्वोच्चतालाई अगाडि बढाउन निजी क्षेत्रका प्राविधिक छमतावान ब्यक्ति  र समुहलाई राज्य संरचनामा मर्जर गरि राज्यको हातहतियार देखि सुरक्षा सुचना समेत उत्पादन एवं ब्यवस्थापन गर्न जिम्मेवारी दिईएको छ । यी निजी क्षेत्रका व्यक्तित्वहरु मध्ये संसारका खरबौ डलरका धनी एलन मस्क पनि हुन । ईजराईल र ब्राजिलले आफ्नो देशको सिमा सुरक्षा देखि जनजनका दैनिक गतिविधिको जानकारी लिन कृत्रिम बौद्धिकताको प्रयोग गर्ने गर्दछन ।
हंगेरी, एल सल्भाडोर, आर्जिन्टिना आदि देशहरूले डिजिटल प्रविधिको प्रयोग गरि देशको शासनसत्तामा पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसेवा प्रवाहमा छिटो छरीतोपना, एक द्वारा प्रणालीको उच्चताम प्रयोग गरि वैदेशिक लगानी भित्र्याउन सरकारका अंगहरु सकृय हुनुपर्छ भन्ने बौद्धिक जगतको सुझाव रहेको छ । अत:  वर्तमान जीन जी विद्रोहबाट श्रृजित सरकारले  आर्थिकसामाजिक  परिणामहरु ल्याउ लोकतान्त्रिक मुल्य मान्यतामा आधारित पृक्रिया अवलम्बन गर्न गराउन   उत्तिकै ध्यान पुर्‍याउन जरुरी छ । लोकतान्त्रको विकल्प उनन्त लोकतान्त्रनै हो भन्ने सरकारले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ ।

( राजनीतिक विश्लेषक)