२०८३ असार ९ , मंगलबार

‘कक्षा १२ को नतिजा प्रकाशनमा कुनै गल्ती छैन’

x1782204227-9EiFK.jpg.pagespeed.ic.nHtYWi_Fr5

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षा मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा मङ्गलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले नतिजामा लापरबाही भएको भन्ने आरोप भ्रमपूर्ण र प्रोपगान्डा मात्रै भएको बताएका हुन्। उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गरे।

उनले नतिजा प्रकाशनका विषयमा मन्त्रालयले अध्ययन गर्दासमेत कुनै त्रुटि फेला नपरेको र इमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए। मन्त्रालयले नजिता प्रकाशनका विषयमा सूक्ष्म अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको भन्दै उनले पूर्ण इमानदारीपूर्वक कपी परीक्षण भएको जानकारी दिए। विदेशी विद्यार्थीलाई भिसा सहज बनाइँदै बैठकमा सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको तथ्याङ्क प्रस्तुत गरे।

खुला विश्वविद्यालयको स्थायी शिक्षक नियुक्तिको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै उनले विश्वविद्यालयका नियुक्तिहरू विद्यमान ऐन र व्यवस्था अनुसार नै भइरहेको स्पष्ट पारे । उनले स्वदेशमा अध्ययनपछि रोजगारीको पर्याप्त व्यवस्था हुन नसक्दा नेपाली विद्यार्थी अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए।