२०८३ असार ८ , सोमवार

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् सांसद अमरेश सिंह

OIP (1)

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाका सांसद डा.  अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू राष्ट्रिय स्वन्त्र पार्टी  (  रास्वपा  ) को पहिलो महाधिवेशनमा उपस्थित भएका छैनन्। उद्घाटन सत्रमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका शीर्ष नेता, प्रतिनिधि एवं शुभेच्छुकहरू सहभागी भएका छन् ।

सर्लाही–४ बाट निर्वाचित सांसद सिंह महाधिवेशनमा सहभागी नभएको उनका स्वकीय सचिव रञ्जित झाले जानकारी दिए। उनका अनुसार सिंह हाल काठमाडौंमै रहेका छन्। ‘उहाँ अहिले काठमाडौंमै हुनुहुन्छ। महाधिवेशनमा सहभागी हुनुभएको छैन। किन नजानुभएको हो भन्नेबारे जानकारी छैन,’ झाले भने।

पछिल्लो समय सांसद सिंहले पार्टीभित्र विभिन्न विषयमा फरक धारणा राख्दै आएका छन्।रास्वपाबाटै सांसद समेत बनेका सिंह पछिल्लो समय पार्टीमा असन्तुष्टी राख्नेमध्येका नेता हुन् । उनले सार्वजनिक रूपमा समेत असन्तुष्टि व्यक्त गर्दै आएका थिए। संसद्मा पनि सरकारको कार्यशैली र गतिविधिप्रति उनले आलोचनात्मक धारणा राख्दै आएका छन्।