२०८३ असार ८ , सोमवार

अझै सुरु भएन रास्वपाको बन्दसत्र

1782037971-dI7cf

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशन अन्तर्गत आज बिहान सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन सकेको छैन । प्रधानमन्त्री शाह बसिरहेको लटौली स्याङ्चुरी रिसोर्टमा सोमबार बिहानैदेखि दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

बन्दसत्रमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्ने कार्यतालिका छ । आज दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।

तर उक्त नामावलीमा व्यापक त्रुटि देखिएको भन्दै प्रतिनिधिहरुले गुनासो गरेका छन् । त्यसपछि नामावली सच्याउनका लागि प्रतिनिधिहरुबाट निवेदन संकलन गर्ने कार्य भइरहेको छ ।

प्रतिनिधिहरुले आफ्नो नाम, विवरण तथा प्रतिनिधित्व सम्बन्धी त्रुटि सच्याउन फाराम भरेर निर्वाचन समितिमा बुझाइरहेका छन् । नामावली अद्यावधिक गर्ने काम सम्पन्न भएपछि मात्र बन्दसत्र सुरु हुने जनाइएको छ ।