
सुनाखरी न्युज/ काठमाडौं ।
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीपनि महँगिएको छ । चाँदी ४० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ७३० रुपैयाँ पुगेको छ ।