
सुनाखरी न्युज/ काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि पहिलो हाफमा २ – ० अग्रता बनाएको छ ।उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आड्ढा घण्टामै दुई गोल गरेको हो ।खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे । सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००औं खेल भएको हो ।यता पहिलो खेलमा स्विडेनसँग पराजित भएको ट्युनिसिया लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।