
सुनाखरी न्युज/ चितवन ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबार सुरु हुने छ ।
महाधिवेशनको अघिल्लो दिन शनिबारदेखि नै उद्घाटनस्थल गेस्टहाउस चौरमा चहलपहल बाक्लिएको छ । मञ्च निर्माणलगायत सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटनस्थलमा टाँगिएको छ ।