
सुनाखरी न्युज/ काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिका विषयमा आफूहरूले दुई सातादेखि आवाज उठाउँदा सभामुखले समेत नसुनेको भन्दै आपत्ति जनाएका छन् ।‘प्रतिपक्ष बोलिरहने । सत्तापक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन,’ शुक्रबार उनले प्रतिनिधिसभाको बैठकमा भने, ‘हामीले प्रधानमन्त्रीज्यूको जवाफ माग गरेको एक महिना धेरै भइसक्यो ।
प्रधानमन्त्री ज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको, प्लेकार्ड बनाएर उभिएको पनि १६ दिन भएछ ।’यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’ उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए । त्यस्तै उनले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाए ।