
सुनाखरी न्युज/ काठमाडौं ।
चन्द्रपुर सुनचादी ब्यवसायी संघको आयोजनामा रौतहटको चन्द्रपुरमा नयाँ कर नीति र लेखा सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । चन्द्रपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष भिवबहादुर बिश्वकर्माको अध्यक्षतामासो कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका संरक्षक प्रकाश गहतराजले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै नयाँ कर नीतिमा भएका ब्यवस्था तथा ब्यवसायीका लागि आवश्यक कर सम्बन्धी बिविध बिषयहरुमा जानकारी गराउनु भएको थियो ।
त्यस क्रममा संघका आवद्ध विभिन्न ब्यवसायीहरुको सहभागिता रहेको थियो । संघले समय समयमा यस किसिमका ब्यवसायीक सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।