
सुनाखरी न्युज/ काठमाडौं ।
एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिहीबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो । उक्त आइपिओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ। कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रूपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।