२०८३ असार ३ , बुधवार

सर्वसाधारणलाई माउण्ट एभरेष्ट पावरको आईपीओ आजदेखि

ipo

सुनाखरी न्युज/ काठमाडौं ।

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुनेछ।

कम्पनीले सञ्चालन गरेको १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ।

सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।