२०८३ असार ३ , बुधवार

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी

madan-khadka-655×500-1

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ । आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गर्नुभयो ।

सभापतिमा पुनःनिर्वाचित हुनुभएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ ।

त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गर्नुभएको थियो । उहाँ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्थ्यो । (रासस)