
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभामा मन्त्रीहरूले आज सम्बन्धित मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।
बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
जस अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयस सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जवाफ पनि आजै प्रस्तुत हुनेछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।