२०८३ असार २ , मंगलबार

कलेजमा विद्यार्थीले गरे आत्महत्या

56ac2360-356b-11f0-9af3-a1523af1727f.jpg

 

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए ।

प्लस टु अध्ययन गरिरहेका पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२, घर भएका १८ वर्षीय आर्यन सिंहले आत्महत्या गरेका हुन् । उनी हिजो बिहान साढे १० बजे कलेजको छतबाट हामफालेको ललितपुर कलेज स्रोतले बतायो ।

तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो । उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् ।

हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । सिंहले सुसाइड नोटसमेत लेखेको भेटिएको छ । नोटमा उनले ‘अब घर फर्कन्न भनेका छन् ।

‘चार तलाबाट हाम फालेका थिए । लगत्तै सुमेरु अस्पताल लगेकोमा साँझ ७ बजे मृत घोषणा गरिएको हो,’एक शिक्षकले भने ।