
सुनाखरी न्युज/ काठमाडौं ।
सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्।
उहाँले बिगो बराबरको धरौटी बुझाएपछि छुट्नुभएको छ। हाजिर जमानीमा छोडिएको हो। अनुसन्धान जारी छ, बोलाएको बेला उपस्थित हुनुहुन्छ, एसपी भट्टराईले भने।
काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन् ।