
सुनाखरी न्युज/ काठमाडौं ।
बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ( इस्कोन ) का एकजना सञ्चालक बालबालिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई बालबालिका सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उनलाई पाँच दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको उनको भनाइ छ । इस्कोनमै अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार भएको आरोपसहित उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।