२०८३ असार १ , सोमवार

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक श्रेष्ठ पक्राउ

pakrau-6

सुनाखरी न्युज/ काठमाडौं ।

बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ  ( इस्कोन )  का एकजना सञ्चालक बालबालिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई बालबालिका सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

उनलाई पाँच दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको उनको भनाइ छ । इस्कोनमै अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार भएको आरोपसहित उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।