२०८३ असार १ , सोमवार

असारमा पनि बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

1781428124-aEfOs

 

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदर असारमा घटाएका छन् ।वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका हुन । बैंकहरुले असारमा ब्याजदर ४ . ७५ प्रतिशत कायम गरेको छ । जेठमा एनएमबि बैंकको ब्याजदर ४ . ८० र राष्ट्रि वाणिज्य बैंकको ४. ७५ प्रतिशत रहेको थियो ।

नबिलको ४. ५५ प्रतिशत, प्रभुको ४. ५५ प्रतिशत ब्याजदर कायम भएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४।७५ प्रतिशत, नबिल बैंकले ४. ५५ प्रतिशत, प्रभु बैंकले ४ . ५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४. ५० प्रतिशत, माछापुच्छ्रे बैंक ४ . ५० प्रतिशत, सानिमा बैंकले ४ . ५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ .५० प्रतिशत, नेपाल बैंकले ४ . २५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४. १५ प्रतिशत, सिटिजन्स बैंकले ४ . १० प्रतिशत, एभरेष्ट बैंकले ४ . ०५ प्रतिशत र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् ।