
सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.६० अंकले घटेर २,७२०.४३ विन्दुमा पुगेको छ।
यस अवधिमा ५८ वटा कम्पनीका ३३ हजार ९७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २१ करोड ७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रि–ओपन कारोबारमा सहभागी स्टकमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको, ३१ कम्पनीको मूल्य घटेको तथा ४ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।