
सुनाखरी न्युज/ काठमाडौं ।
सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।
बिक्री अवधिभर २७ लाख ५९ हजार ४९० जनाले आवेदन दिएकोमा २७ लाख २७ हजार ५१५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ। बाँडफाँडमा ४ लाख ६७ हजार ४०० जनाले १०/ १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।