२०८३ जेठ ३१ , आइतवार

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार रु चार हजार ८९५मा किनबेच भएको थियो ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)