२०८३ जेठ ३१ , आइतवार

बुढानिलकण्ठमा सञ्चालित इस्कनमा बालबालिकामाथि दुर्व्यवहार, एक जना पक्राउ

ISKON-

 

सुनाखरी न्युज/ काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिका–५ स्थित कृष्ण प्रणामी आश्रम  ( इस्कन ) मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको छ । घटनामा एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका लागि सुरजकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । उनी इस्कन सम्बद्ध रहेको बुझिएको छ ।

उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले बताए । घटनाको गम्भीर छानबिन भइरहेको र घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए । हिन्दू धर्मको प्रचार र प्रबर्द्धनका लागि विदेशी दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालित छ ।