२०८३ जेठ २९ , शुक्रवार

शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत

shakira1

सुनाखरी न्युज/ काठमाडौं।

शकिरा र बर्ना ब्वायको गीत ‘दाई दाई’ विश्वकप फुटबलको सर्वकालिन उत्कृष्ट गीत बनेको छ । आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१. २८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले उल्लेख गरेको छ । फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन् ।

गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीजस्ता फुटबलका दिग्गज खेलाडीको पनि उल्लेख गरिएको छ ।

मे महिनामा संगीतकर्मी शक र बर्ना बोयले संयुक्त रूपमा सार्वजनिक गरेको फिफा विश्वकप २०२६ को आधिकारिक गीतले अफ्रोबिट्स, डान्स- पप, रेगेटोन र विश्व संगीतको मिश्रण प्रस्तुत गर्दै खेलकुदको एकता र उत्साहको सन्देश दिएको छ ।विश्वकपको इतिहासकै सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको सांगीतिक यात्रामा महत्वपूर्ण मोड ल्याएको थियो ।