२०८३ जेठ २९ , शुक्रवार

महिलाको भित्री वस्त्रको दोहोरी गाउने कलाकारलाई कारबाहीको माग

jyoti magar on stage

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली लोकदोहोरी, सांगीतिक प्रस्तुति तथा सामाजिक सञ्जालमार्फत फैलिँदै गएको अश्लीलता र विकृतिप्रति कडा आपत्ति जनाएको छ ।संस्थाका अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगम द्वारा जारी ध्यानाकर्षण पत्रमा ज्योति मगरदेखि दोहोरी कार्यक्रममा भित्री वस्त्र देखाएर प्रस्तुति दिने कलाकारसम्मलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

दोहोरी कार्यक्रममा प्रकाश अधिकारी र कोपिला छिनालद्वारा प्रस्तुत सामग्री, प्रयोग भएका शब्द, हाउभाउ तथा समग्र प्रस्तुतीकरणले नेपाली दोहोरी गीतको मौलिक मर्म र संस्कारमाथि आघात पुगेको संस्थाको ठहर छ । विज्ञप्तिमा उक्त सामग्री सस्तो चर्चा, भ्युज र आम्दानी केन्द्रित उद्देश्यले निर्माण गरिएको स्पष्ट देखिएको उल्लेख गरिएको छ ।

गुल्मी महोत्सवमा कलाकार ज्योति मगरले स्टेज प्रस्तुतीका क्रममा देखाएको गतिविधिप्रति पनि संस्थाले गम्भीर असन्तुष्टि जनाएको छ । सार्वजनिक कार्यक्रममा अश्लील हाउभाउ, भित्री वस्त्र प्रदर्शन तथा सामाजिक मर्यादाविपरीतका प्रस्तुतीकरणले गलत सन्देश प्रवाह गरेको भन्दै सम्बन्धित कलाकारमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अश्लीलता, उत्तेजना र सस्तो लोकप्रियताका लागि नेपाली लोक संस्कृतिलाई प्रयोग नगर्न सम्पूर्ण कलाकार, सर्जक र प्रस्तोताहरुलाई चेतावनी दिएको छ ।