
सुनाखरी न्युज/ काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ( इप्पान ) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।ऊर्जा तथा निर्माण व्यवसायी पन्तले बरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा उर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ ।
विशेष गरी जलविद्युत कम्पनीहरुलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका ठूला रहेको उर्जा व्यवसायीहरु बताउँछन् । उपाध्यक्षको प्रत्यासी पन्त २२. ५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् ।
पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ ।
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण ब्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरुमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् ।