
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले दुईदिने बिदा दिने निर्णय सच्चाउन माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै उनले सेवाग्राहीलाई समस्या परेको बताए ।
‘सरकारले एक हप्तामा दुई दिन बिदा दिने नियम बनाएको छ । सरकारी कर्मचारी, पारिश्रमिक खाने सबै राष्ट्रसेवकहरू एक हप्तामा दुई दिन बिदाको सुविधा पाउनुभएको छ ।
तर सेवाग्राहीलाई कति मर्का परेको छ ? सरकारसँग हिसाब छ ? पूरै वर्षमा यसरी हप्ताको दुई दिन बिदा दिँदा सेवाग्राहीलाई समस्या परेको छ,’ उनले भने, ‘शनिबारको बिदा आइतबार दिए हुन्छ । दुई दिनको बिदा बन्द गरेर साविककै एक दिन दिन माग गर्छु ।’