२०८३ जेठ २८ , बिहिवार

देशलाई कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? : पर्यटनमन्त्री मन्त्री पौडेल

1781147902-sWn30

 

सुनाखरी न्युज/ काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाएको बताउनुभएको छ। उनले अविनाश विक्रम शाहको लघु चलचित्र लोरीले कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै उनले नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको उल्लेख गरे । मन्त्री पौडेलले नेपाललाई चिनाउन सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला र सिर्जनाका माध्यमबाट पनि विश्वमा चिनिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोरीको सफलताको चर्चा नेपालमा भन्दा बढी भारतमा भएको आफूले पाएको उल्लेख गर्दै यस्ता उपलब्धिले देशलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । अन्तर्राष्ट्रिय समुदायले अहिले नेपाली चलचित्र र सर्जकहरूलाई नजिकबाट नियालिरहेको बताउँदै मन्त्री पौडेलले यस क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनु भयो ।उनले भने, ‘नेपाली सिनेमाले एकदमै ठूलो फड्को मारिरहेको छ । अविनाशजी त्यसको पछिल्लो श्रृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ । हामी पहिले–पहिले एउटा जोक गथ्र्यौँ–फिल्म तीन प्रकारका हुन्छन्, गुड फिल्म, ब्याड फिल्म र हिन्दी फिल्म ।

नेपाली फिल्मलाई त त्यसमा राखिन्थ्यो कि राखिँदैनथ्यो, मलाई थाहा छैन । त्यसपछि भनिन्थ्यो, सकेसम्म गुड फिल्म हेर्नु, त्यो नभए ब्याड फिल्म हेर्नु, र त्यो पनि नभए हिन्दी फिल्म हेर्नु । तर आज परिस्थिति धेरै बदलिएको छ । धेरैको सपना हुने ठाउँमा, जब ‘लोरी’ले क्यानमा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गर्यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ । त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो । तपाईंहरूको यो योगदानप्रति मेरो गहिरो सम्मान छ । त्यसलाई शब्दमा व्यक्त गर्न सजिलो छैन । यो कुरा मेरो मनमा सधैँ धड्किरहन्छ । हामी सबै मिलेर काम ग¥यौँ भने धेरै कुरा सम्भव छ । अहिले नेपाललाई धेरैले नियालिरहेका छन् । तपाईंलाई पनि धेरैले हेरिरहेका छन् ।’