२०८३ जेठ २६ , मंगलबार

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

Parliament-Nepal-photo-library-02

सुनाखरी न्युज/ काठमाडौं ।

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरूले आफ्नो विरोध कायम राखेपछि सभामुख डीपी अर्यालले बैठक सञ्चालन हुन नसकेको जनाउँदै बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

संसद्मा जारी राजनीतिक विवादका कारण पछिल्ला दिनहरूमा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

विपक्षी दलहरूले आफ्ना माग पूरा नभएसम्म विरोध जारी राख्ने अडान दोहोर्‍याएका छन्। बैठक अब बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ।