
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमा पुनः सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहण कार्यक्रम मंगलबार अपराह्न ४ः३० बजे शीतल निवासमा तय गरिएको छ।
यसअघि शपथ ग्रहणको समय दिउँसो ३ बजेका लागि तोकिएको भए पनि केही प्राविधिक तयारीका कारण डेढ घण्टा ढिलो गरी कार्यक्रम हुन लागेको हो। यसअघि पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका सुधन गुरुङले आफ्नो सम्पत्तिमाथि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए। गुरुङको सम्पत्ति छानबिन गर्न सरकारले गठन गरेको विशेष समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ।
वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ । पुन भने तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए ।