
सुनाखरी न्युज/ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन शुक्रबार उच्च मूल्यले घटेर सुनको भाउ तीन लाखबाट तल झरेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५०० पुगेको हो। अघिल्लो दिन बिहीबार ५ हजार ४०० रुपैयाँले घटेर एक तोला सुन ३ लाख २ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो। आज सोही परिमाणको चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबारको तुलनामा चाँदी ११५ रुपैयाँले घटेको हो।