२०८३ जेठ २४ , आइतवार

एकै दिन तोलामा ८ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

Gold-768×432

 

सुनाखरी न्युज / काठमाडौं ।

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस हिसाबले दुई दिनको अन्तरमा सुनको मूल्यमा प्रतितोला ८ हजार २०० रुपैयाँले कमी आएको छ। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ८९० रुपैयाँ तोकिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। गत जेठ २२ गते चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्यमा तोलामा ३३५ रुपैयाँले गिरावट आएको हो । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम गरिएको छ।