
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाण्डौँको कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा प्रदिप विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । संघका उपाध्यक्ष विश्वकर्मा चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् ।

सो अधिवेशन लाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले अब संघलाई पुर्ण डिजिटाईजेशन गरि पेपरलेस बनाउन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष रसाइलीले सरकार सँग वार्ता मार्फत व्यवसायीक क्षेत्रमा देखा परेका समस्याहरु समाधान गर्न चाँडै बार्ता गरिने समेत बताउनु भयो ।उहाँले साउन पहिलो हप्ता भित्र सुनचाँदी व्यवसायीको एप्स सार्वजनिक गरिने घोषणा गर्नु भयो ।

त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिएस रत्न शाक्यले अध्यक्षमा प्रदिप विश्वकर्मा,उपाध्यक्षमा कुमार विश्वकर्मा,महासचिव सुब्बा विश्वकर्मा सचिव कृष्ण विश्वकर्मा, कोषाध्यक्षमा गोविन्द घतानी, सहकोषाध्यक्षमा सुमन खाती तथा सदस्यहरुमा रामशरण बराल, गोकर्ण खाती, योगेन्द्र दराल,राजेश दर्नाल सहितको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष अमर बहादुर लामिछानेले बताउनु भयो ।

निर्वाचन मण्डलका सदस्य प्रमोद घतानी र सिता कुमारी वि.क.ले कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायीले नमुना निर्वाचन गरेको बताउनु भयो । नवनिर्वाचित अध्यक्ष प्रदिप विश्वकर्माले सुनचाँदी व्यवसायीहरुको हक हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।