
सुनाखरी न्युज/ काठमाडौं ।
एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर ( आईपीओ) मा आवेदन दिने आज ( बैशाख २२ गते ) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।
निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ५ गतेसम्म खुला रहनेछ । आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ५ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ ।