२०८३ जेठ २० , बुधवार

अमेरिकी र इरानी सेनाबीच फेरि हानाहान हुँदा शान्ति वार्ता ठप्प

Iran-and-USA-Flag-1024×576

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमण भएपछि युद्ध रोक्ने शान्ति वार्ता ठप्प भएको छ।

अमेरिकी सेनाले बुधबार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसाल्ने मात्रै नभएर स्ट्रेट अफ होर्मुज नजिकका लक्ष्यहरूमा पनि आक्रमण गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

 

गत हप्तादेखि भइरहेका लगातारका आक्रमणको क्रममा अमेरिकाले सप्ताहन्तमा पनि दक्षिणी इरानका सैन्य लक्ष्यहरूमा आत्मरक्षाका लागि हवाई आक्रमणको शृंखला चलाएको थियो।

इरानी तटको गोरुक शहर र केश्म टापुमा रहेका राडार तथा ‘कमान्ड एन्ड कन्ट्रोल’ केन्द्रहरूलाई निशाना बनाएको अमेरिकाले जानकारी दिएको थियो।

आइआरजिसीले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गरेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको थियो।

 

विशेषगरी इरानको आणविक कार्यक्रम, ऊसँग भएको उच्च प्रशोधित युरेनियम र स्ट्रेट अफ हर्मुजको विषयमा ट्रम्पले तेहरानबाट थप स्पष्टता खोजेको सो छलफलबारे जानकार स्रोतहरूलाई उल्लेख गरेर एक्सियसले जनाएको छ।

इरानले भविष्यमा कहिल्यै आणविक हतियार नबनाउने, करिब ४०० किलो उच्च प्रशोधित युरेनियम हस्तान्तरण र हर्मुजमा विना अवरोध जहाजको आवागमन सुनिश्चित गर्न ट्रम्पले मस्यौदामा रहेको बुँदाहरू संशोधन गर्न लगाएका छन्।