२०८३ जेठ १९ , मंगलबार

सुधन गुरुङमाथि छानबिन गर्न पाँच दिनको म्याद थपियाे

Sudan-Gurung-4-1024×646

 

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ । आज मंगलबारदेखि लागु हुनेगरी पाँच दिनको समय थप गरिएको हो ।

विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदार रहेको आरोपपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानविन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ । योसँगै समितिले छानविनका लागि थप ५ दिनको म्याद थप गरेको छ । पाँच दिनको म्याद आज  ( मंगलबार)  देखि लागू हुनेछ ।