२०८३ जेठ १९ , मंगलबार

रास्वपा सभापति लामिछाने नयाँदिल्लीमा , स्वागतमा बाजागाजा र पुष्पवृष्टी

photo-6_e5dee8d0

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  ( रास्वपा)  सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी  ( भाजपा ) को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् । नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई बाजागाजा र पुष्पवर्षासहित स्वागत गरिएको हो । नर्तकीहरुले सांस्कृतिक नृत्य देखाएका थिए । लामिछाने भाजपा कार्यालय पुग्दा बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो ।

भाजपा कार्यालयमा नेपाली समूदायका व्यक्तिहरु पनि पुगेका छन् । उनीहरुले रविलाई खादा लगाएर सम्मान गरेका थिए । लामिछानेले आज जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने भएका हुन् ।

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।